Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता गर्नेगरी मन्त्रालय अघि बढेको बताएका छन्  ।

बिहीवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।  उनले औषधिको सन्दर्भमा पूर्ण रुपमा कानूनी प्रवन्ध नभएको बताए ।  उनले औषधि सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको भन्दै विधेयकमा औषधिका विषयमा धेरै कुराहरु समेटिएको उल्लेख गरे  ।

उनले  नेपालमा १७३ कम्पनीहरुबाट स्वदेशी औषधि उत्पादन भइरहेको र त्यसबाट नेपाललाई आवश्यक पर्ने ५० प्रतिशत औषधि मात्रै पूर्ति गर्न सकिएको उल्लेख गरे  । उनले  बाँकी औषधि पूर्ण रुपमा आयात गर्नुपर्ने स्थिति रहेको बताए  । मन्त्री पौडेलले औषधिमा आत्मनिर्भर हुनेकुरा जटिल रहेको बताए ।  उनले बढी औषधि आयात गर्नुपर्ने अवस्था रहेको र जटिल रोगका औषधिहरु आयातबाट नै आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले  स्वदेशी औषधि उत्पादन गर्न प्राथमिकताका साथ कानूनहरु बनाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए । मन्त्री पौडेलले संघीय सरकारअन्तर्गतका अस्पतालमा औषधिको मूल्य सार्वजनिक रुपमा टाँस गर्न आग्रह गरिएको बताए  ।

उनले  भने , ‘औषधिको सन्दर्भमा पूर्ण रुपमा कानूनी प्रवन्ध पनि भएको देखिँदैन । म मन्त्री हुनुभन्दा अघि प्राइभेट बिल संसदमा दर्ता पनि गराएको थिएँ । अहिले मन्त्रालयले अब आउने संसदको अधिवेशनमा औषधि विधेयक प्रश्ताव गर्नेगरी यो विधेयक अन्तिम चरणमा पु¥याएको छ । औषधिका विषयमा धेरै कुराहरु यो भित्र रहेको छ । यसलाई कानूनी रुपमा समेट्न आवश्यक छ । कानूनको छाताभित्र यसलाई ल्याउन आवश्यक छ । यहाँ स्वदेशी उत्पादन १७३ कम्पनीहरु रहेको स्थिति छ । ति कम्पनीहरुबाट करिव ५० प्रतिशतको हाराहारीमा हाम्रो आवश्यकताअनुसारको औषधि उत्पादन हुने देखिएको छ र ति बाँकी औषधि पूर्ण रुपमा आयात गर्नुपर्ने स्थिति छ । कतिपय उत्पादन हाम्रोमा हुँदै नहुने स्थिति छ ।’ 


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?