९ ,असोज ,दमौली (तनहुँ) । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय
९ ,असोज ,ललितपुर । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनले प्रकाशन गरेको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ मा धोबिघाट (दोस्रो) ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उल्लेख गरे पनि अझै काम सकिएको छैन । आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुर महानगरपालिका वडा नं ३ स्थित धोबिघाटमा तीनवटा प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने हो तर
९ ,असोज ,कास्की । पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो । म्याद गुज्रेका सामान बिक्री गरी
८ असोज, जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार यहाँस्थित जानकी मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आउनुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना गर्नुभएको हो । उहाँ अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी हुनुभयो । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो
८ ,असोज ,काठमाडौँ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा समीर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम
८ ,असोज ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई कमजोर बनाउने प्रयास राज्यबाट हुन नहुने बताएका छन् । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रियामा उनले माथिल्लो निकाय सच्चियो भने सुरक्षा निकाय आफैँ सुदृढ एवं बलियो हुने दाबी गरे । बहुजातीय र बहुभाषिक हाम्रो देशमा
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा चिनियाँ सेनाले गार्ड अफ अनर अपर्ण गरेको छ । चिनियाँ समकक्षी ली छ्याङसँगको द्विपक्षीय भेटवार्ता अघि प्रधानमन्त्री प्रचण्डको सम्मानमा गार्ड अफ अनर प्रदान गरिएको हो । बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा अहिले नेपाल र चीनबीच द्विपक्षीय वार्ता भैरहेको छ ।
८ ,असोज ,काठमाडौँ । कांग्रेस निकट सुशील कोइराला सोसलिष्ट युथ सर्कलको केन्द्रीय समिति विस्तार भएको छ । सर्कलले एक विज्ञप्ति जारी गर्दै १५० नयाँ सदस्य मनोनीत गरेको जानकारी दिएको छ। अध्यक्ष तारा बहादुर थापाका अनुसार अगाडि ९ सदस्यीय केन्द्रीय समिति थियो । सर्कलको सांगठनिक विस्तारसँगै गतिबिधिलाई प्रभावकारी ढंगले अगाडि बढाउने
८ ,असोज ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताएका छन् । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर आफ्नो मन्त्रालयबाट भएको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै मन्त्री रिजालले महँगी नियन्त्रणमा निरन्तर लागिपरेको बताए । उनले भने, “मेरो भरमग्दुर प्रयास
८ ,असोज ,विराटनगर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनले सार्वभौमसत्ता, अखण्डता, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सद्भाव र सहिष्णुता र विकासका यात्रालाई पूरा गर्न