Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्ने


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सुशासन प्रवर्द्धन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण देशको अहिलेको आवश्यकता भएको बताए ।

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन कायम गर्नु अपरिहार्य भएको औँल्याउँदै उहाँले उत्पादकत्व वृद्धि तथा रोजगारीका अवसर सृजना नगरी सामाजिक रुपान्तरण कठिन हुने विचार व्यक्त गरे ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षा नै सर्वोपरि भएकोबताएका छन् ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?