Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

स्वरूपको स्वर, गोपालको शब्दमा रहेको ‘तक्दिर’ सार्वजनिक ( भिडियो )


काठमाडौं । लोकप्रिय गायक स्वरूप राज आचार्य स्वरमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ भने पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ। तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोको निर्मात्री भीमा लोहार हुन्। ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतकार लोहारको शब्दमा यसअघि ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘जिन्दगी यस्तै हो’, ‘तिम्रै नाम होस्’, ‘मेरो कथाको’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?