भारत। भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार अगस्टमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.०७ प्रतिशत छ । जुन जुलाईमा १.६१ प्रतिशत थियो । मन्त्रालयकाअनुसार मुद्रास्फीति भारतीय रिजर्भ बैंकको लक्ष्य मुद्रास्फीति दर भित्र धेरै छ । खाद्य मुद्रास्फीति लगातार
स्पेन। स्पेनको राजधानी म्याड्रिडमा शनिवार दिउँसो भएको विस्फोटमा परी आंशिक भवन भत्किँदा कम्तिमा २१ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय टेलिभिजन नेटवर्क टेलिम्याड्रिडकाअनुसार दक्षिणी म्याड्रिडको एक बारमा दिउँसो करिव ३ बजे विस्फोट भएको थियो । आपतकालीन सेवाहरूले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताएका छन् । एम्बुलेन्स
क्यानबेरा । अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शनिवार राष्ट्रिय राजधानी क्यानबेरामा शुरु भएको छ । ३८ औं वार्षिक संस्करणको रुपमा शनिवारबाट शुरु भएको हो । महिनाभरि चल्ने यो महोत्सव आधिकारिक रूपमा मध्य क्यानबेराको कमनवेल्थ पार्कमा शुरु भयो । अक्टोबर १२ मा समाप्त हुनुअघि अष्ट्रेलियाली राजधानी क्षेत्रको स्थानीय अर्थतन्त्रमा
काठमाडौँ। निषेधाज्ञा र कफ्र्यु हटेसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ । काठमाडौं उपत्यकामा अहिले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुन थालेका छन् । केही सार्वजनिक यातायातहरु शनिवारबाटै सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालन हुन सकेका थिएनन् । चक्रपथ क्षेत्रमा मात्रै सार्वजनिक यातायातहरु सञ्चालन भएकोमा आईतवारबाट भने चक्रपथसहित भित्रि सडक
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेकी छिन् । उनले शनिवार अपरान्ह राष्ट्रिय ट्रमा सेन्टर अस्पताल पुगेर त्यहाँ उपचार गराईरहेका घाइतेहरुसँग भेट गरेकी छिन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । जेनजी आन्दोलनका क्रममा ट्रमा सेन्टरमा मात्रै
काठमाडौँ। जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको
काठमाडौँ । आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ सरकारलाई फागुनभित्र निर्वाचन सम्पन्न गर्ने जनादेश दिइएको छ।
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार उनलाई नियुक्त गर्दै शपथ खुवाएका छन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित थिए।
काठमाडौँ । राजनीतिक संकटबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्हाल्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतल निवासमा उनलाई औपचारिक शपथ गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। यसअघि कार्की, जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालसहितको टोली राष्ट्रपति निवास
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ । शुक्रवार नेकपा माओवादी केन्द्रका उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो । जेन जी पुस्ताको आन्दोलनका