Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारले साईबर अपराधमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छः पद्मा अर्याल


काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले साईबर अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।

मुलुकमा साईबर अपराधका घटना बढिरहेका बेला उनले सो माग गरेकी छिन् । साईवर अपराधको घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई तत्काल सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने सचिव अर्यालको भनाई थियो । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो घटनामा संलग्नमाथि कारबाही गर्न दवाव दिँदै आफूहरुले नेपाल प्रहरीको साईवर व्युरोमा उजुरी दिनुपरेको पनि स्पष्ट पारिन् ।

सचिव अर्यालले भनिन्,‘जुन खालको साईबर अपराध भईरहेको छ । खास यो दण्डहीनताको स्थिति छ आज साईवर अपराधमा जुन दण्डहीनताको जुन स्थिति छ । यसको अन्त्य कसरी गर्न सकिन्छ ? र यसलाई कसरी दण्डनिय बनाउन सकिन्छ ? पीडितलाई राहत कसरी दिने, पीडकलाई सजाय कसरी गर्ने ? हामीले यिनै विषयमा नेपाल प्रहरीको साईबर व्युरोमा छलफल ग¥यौं । अहिलेको तत्कालको घटनाको निम्ति तथ्य, सत्यमा आधारित भएर छानविन गरेर शिघ्रातिशिघ्र कारबाही गरिदिनुहोस् । कारबाही गर्दाखेरी जुन पीडकहरु छन् । उनीहरु हच्किने स्थिति हुन्छ । अहिलेसम्म कारबाही नहुँदा केही पनि हुँदैन, जे बोलेपनि हुन्छ, जे गरे पनि हुन्छ भनेर जे पनि गर्नेकुरा भयो । त्यसले यसलाई कारबाहीको दायरामा ल्याउनसकियो भने मात्रै नियन्त्रण गर्न सकिन्छ ।’

सचिव अर्यालले साईवर अपराधमा संलग्नहरु कारबाहीको दायरामा ल्याउन सकिने मात्रै त्यस्ता खालको अपराध नियन्त्रण गर्न सकिने भएकाले सरकारले सो काममा विशेष ध्यान दिनुपर्ने पनि बताएकी छिन् ।


प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?