Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला


काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोईरालाले पार्टीको आसन्न १५ औं महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई काँग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताएका छन् ।

शनिवार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । कोईरालाले पार्टीको महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नेता कोईरालाले महाधिवेशन कुनै चानचुने प्रक्रिया नभई समग्र पार्टी र देशको भविष्य निर्माण गर्ने मार्गदर्शक चरण भएको उल्लेख गरेका छन् । कोईरालाले काँग्रेस लामो इतिहास बोकेको अनुभवी पार्टी भएको स्मरण गराए । उनले पार्टीको समृद्ध इतिहास र वैचारिक जगले नै आगामी दिनमा थप शक्ति र गतिशीलता प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । डा. कोईरालाले महाधिवेशनलाई सफल बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको सामूहिक सहभागिता र सहयोग अपरिहार्य रहेको बताएका छन् । पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई थाँती राखेर सबै पक्ष सँगसँगै अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै उनले यस महाधिवेशनलाई आन्तरिक लोकतन्त्र सुदृढीकरणको परीक्षाका रूपमा लिन आग्रह गरेका छन् ।

कोईरालाले भने, ‘यहाँहरू सबैले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । अधिवेशन हाम्रो लागि एउटा परीक्षाको समय पनि हो । अधिवेशन चानचुने कुरा होइन, यसका लागि धेरै काम र मेहनत गर्नुपर्छ । यसमा खटिनुभएका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । हाम्रो अधिवेशनले भविष्यको बाटो देखाउने भएकाले यो अत्यन्त महत्त्वपूर्ण छ । त्यसैले हामीले यसलाई गम्भीरतापूर्वक अघि बढाइरहेका छौँ । सबै साथीहरूको साथ र सहयोग लिएर सँगै अगाडि बढ्न चाहन्छौँ । नेपाली काँग्रेस पुरानो र बलियो विचार बोकेको पार्टी हो । पुरानो भन्नाले फाटेको होइन, बरु नयाँ जोश र ऊर्जाका साथ अगाडि बढ्ने पार्टी हो । यही अधिवेशनले हामीलाई थप शक्ति र ऊर्जा प्रदान गर्नेछ । त्यसैले अधिवेशन सफल बनाउन यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’

अधिवेशनको तयारीमा खटिएका कार्यकर्ता तथा शुभेच्छुकहरूको योगदानको प्रशंसा गर्दै उनले सबैको साझा प्रयासबाट मात्र पार्टीले स्पष्ट भविष्यको बाटो पहिल्याउन सक्ने बताएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?