Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो


काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः

काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतर पक्षले आफ्नो १५ औं महाधिवेशनको तयारीलाई तिब्रता दिँदै ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।

शनिवार काठमाडौंको चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोईरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सो विवरण हस्तान्तरण गरिएको हो । पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ काँग्रेसले यसपटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ । सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन पार्टीले नयाँ वेबसाइट पनि सार्वजनिक गरेको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलकाअनुसार यसपटक ५ लाख ७३ हजार २ सय ६९ पुरानो नवीकरण र २ लाख १० हजार ५ सय ६७ नयाँ गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको छ । उले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताएका छन् ।

निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिवद्ध रहेको जनाए । उनले १५ गते देशभरका वडाहरूमा अधिवेशन शुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिएका छन् । साथै, आगामी दिनमा सदस्यताका लागि आवेदन दिन चाहनेहरूले अनलाइनमार्फत नै प्रक्रिया शुरु गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले अत्यन्त छोटो समय (४ दिन) मा निर्माण गरिएको उक्त वेबसाइटमा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको दाबी गरेका छन् । हाल यो वेबसाइट नयाँ सदस्यताका लागि लक्षित भएपनि भविष्यमा यसलाई थप व्यवस्थित गर्दै लगिने पार्टीले जनाएको छ ।


प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?