Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महंगी नियन्त्रणमा सरकार असफलः सांसद दुलाल


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको बताएका छन् ।

सिंहदरबारस्थित संसद भवन बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले सरकारले सुरुवातमा नै राम्रो छनक नल्याएको बताएका छन् । उनले जनताको चुल्हो बल्नै गाह्रो हुने अवस्था सिर्जना हुन लागेको अवस्थामा सरकारले संकट व्यवस्थापनमा ध्यान दिन नसकेको बताए । सरकारको सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा हुनुपर्ने उनको भनाई छ । बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राष्ट्रिय जीवनमा गम्भीर असर पारेको उनले बताए । उनकाअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ भने सर्वसाधारणको दैनिक जीवन झन् कठिन बन्दै गएको छ ।

उनले भने, ‘सरकारले राम्रो छनक ल्याएको छैन । जनताका दैनिक जीवनमा सहजीकरण गर्नको लागी कार्यक्रमहरु तत्कालै ल्याउनुपर्ने थियो । त्यसमा सरकार चुकिसकेको छ । अहिले मंहगी एकदमै चरमचुलीमा पुगेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सम्पुर्ण राष्ट्रिय जीवनमा नै प्रभाव पारिसकेको छ । निर्माणहरु सबै ठप्प हुने अवस्थामा पुगेको छ । जनताको दैनिक चुल्हो नबोल्ने अवस्थामा पुग्न लागेको छ । यस्तो अवस्थामा कसरी क्राईसिस म्यानेजमेन्ट गर्ने भन्ने कुरामा सरकार जानुपर्ने हो नी त ।’

उनले कृषिको मुख्य सिजन शुरु हुन लागेकोले मलको अभाव समाधान गर्न ध्यान दिन पनि सरकारलाई सुझाव दिएका छन् ।


प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?