Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा एमाले सांसद चौधरी निर्विरोध


काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रश्ताव राखेकोमा उक्त प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो ।

समिति सभापतिमा सर्वम्मत भएपछि चौधरीले देश र जनताको हितमा कानुन तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन, अनुसन्धानसहित निष्पक्ष तरिकाले जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कुनै आग्रहबिना सबैसँगको समन्वय र सहकार्यसहित काम कारबाही अगाडि बढाउने उनको भनाइ छ ।

समितिले चयन भएर आएका नयाँ सांसदहरुलाई स्वागत समेत गरेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?