Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारले जीवित आदिवासी संग्राहलय स्थापना गर्नुपर्छः अनुष्का श्रेष्ठ


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले जीवित आदिवासी संग्राहलय स्थापना गर्न सरकारसँग माग गरेकी छिन् ।

मंगलवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले पर्यटन क्षेत्रमा दिगो आम्दानी गर्न, विश्वसामू नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखाँै नेपालीहरुलाई पहिचानसँग पुनः जोडन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो अवधारणा अघि बढाउन आफूले प्रस्ताव गरेको सांसद श्रेष्ठको भनाई थियो ।

उनले भनिन्,‘म जीवित आदिवासी संग्राहलयको अवधारणा प्रस्ताव गर्न चाहन्छु । यो एउटा केवल भौतिक संरचना मात्रै नभई जनजाति भाषा बोलिने लिपी लेखन सिकिने परम्पराहरु अभ्यास गरिने एक जीवन्त थलोको रुपमा उपयोग गर्न सकिन्छ । यसले हाम्रो पर्यटन क्षेत्रमा दिगो आम्दानी सृजना गर्न, विश्वसामू नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखौ नेपालीहरुलाई युवा पुस्तालाई आफना जरा र पहिचानसँग पुन जोडन महत्वपूर्ण भुमिका खेल्न सक्ने भएकाले यस अवधारणाप्रति सान्दर्भिक सरकारी निकायहरुको ध्यानाकर्षण होस् भनि म सम्माननीय सभामुखमार्फत विनम्र निवेदन गर्दछु ।’

सांसद श्रेष्ठले आदिवासी जनजातिहरुको भाषालाई जीवन्त बनाउन पनि सो अवधारण अतिआवश्यक रहेको तर्क समेत गरेकी छिन् ।


प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?