Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा


वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा

काठमाडौं । विभिन्न दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरिएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो । अभियान घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले युवा पुस्ताहरुलाई राजनीतितर्फ आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताएका छन् । उनले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको बताए । उनले मधेश केन्द्रित राजनीतिक दलहरुसँग एउटै दल बनाएर अघि बढ्न आफूहरुले राखेको प्रश्ताव स्वीकार नगरेको कारण अभियान अघि बढाइएको बताएका छन् । राजनीतिलाई समाजको सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरूले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । उहाँले राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनस्र्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन् ।

उनले भने, ‘हाम्रो समाजमा मान्छेहरुले ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्न थालेका छन् । आज कुनैपनि बाआमाले आफ्ना छोराछोरी राजनीतिमा लागोस् भन्ने चाहँदैन ।जब कि राजनीतिको बारेमा प्लेटोले के भनेको छ भने कि राजनीति गर्ने मान्छे दर्शनशास्त्री हुनुपर्छ । कि त दर्शन शास्त्री नै नेता बन्न आउनुपर्छ । राजनीतिमा लाग्ने मान्छे त्यस समाजको सबैभन्दा ज्ञानी व्यक्ति हुनुपर्छ भन्ने मान्यता छ । हाम्रो समाजमा सबैभन्दा ज्ञानी व्यक्ति नेता छैन । आजको दिनमा हाम्रो समाजमा नेता कस्तो छ ? मैले अघि नै भने ब्याक बेन्चरहरु नेता बन्न आएको छ । त त्यसले गर्दा खेरि राजनीतिको त्यो जुन सबैभन्दा विद्वान व्यक्ति आएर राजनीति गर्नुपर्छ भन्ने जुन मान्यता थियो त्यो नभएको हुनाले राजनीति ट्रयाकबाट आउट भएको छ । राजनीति ट्रयाकमा छैन । राजनीतिप्रति जनतामा वितृष्णा पैदा भएको छ । राजनीति गर्ने नेतालाई हेर्न बित्तिकै आदरले शिर निहुरिनु पर्छ । त्यस्तो खालको नेता हुनुपर्छ नेता । हामी यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौँ ।’

उनले राजनीतिलाई ट्र्याकमा ल्याउँदै युवा पुस्तालाई राजनीतिमा जोड्ने अभियानको मुख्य लक्ष्य रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?