Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


भाषासम्बन्धी विधेयक समितिमा पठाउने बागमती प्रदेशसभाको निर्णय

१७ ,असोज ,मकवानपुर । बागमती प्रदेशसभामा दर्ता भएको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरिएको छ । प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले उक्त विधेयक दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समिति पठाइयोस भनी गर्नुभएको प्रस्ताव

संसदीय समिति बङ्गलादेश भ्रमणमा

१७ ,असोज ,काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय

इपिजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव

१७ ,असोज ,काठमाडौँ । नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उनिहरुले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्‍याइ आधिकारिकता दिनुपर्ने भनाइ राखे । नेपाल-भारतबीचको सम्बन्ध, अवसर, समस्या र समाधानका विषयमा धारणा राख्दै उहाँहरुले दुई देशका

चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ

१७ ,असोज ,जानकी (बाँके) । बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । राप्तिसोनारी–२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ गरेको निकुञ्जका

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

१७ ,असोज ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा

१७ ,असोज ,काठमाडौँ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताईन् । “आज हामी जुन

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

१७ ,असोज ,काठमाडौँ । सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको सरकारका प्रवक्ता एवं

कर्णालीमा पनि सुपथ मुल्य पसल चलाउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा पनि सुपथ मुल्य पसल चलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । चाडपर्वको समयमा अत्यावश्यक पर्ने जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायतका मसलाजन्य वस्तु र

आइफोन १५ किन धेरै तात्छ ? एप्पल यसो भन्छ

एप्पललको पछिल्लो मोडेल:  आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताहरुले फोन धेरै तातेको गुनासो गरिरहेका छन् । भर्खरै बजारमा आएको नयाँ आइफोन तातेको गुनासो आउनु एप्पलका लागि सुखद कुरा होइन । त्यसैले यसको कारणको खोजी गर्दै उपभोक्तालाई विश्वस्त बनाउने प्रयास पनि एप्पलले गरिरहेको छ । एप्पलका अनुसार आइफोनमा आईओएस १७

११ किलो सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राय परेका छन् । काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् । चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको

सम्वन्धित समाचारहरु