Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

कर्णालीमा पनि सुपथ मुल्य पसल चलाउन संसदीय समितिको निर्देशन


काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा पनि सुपथ मुल्य पसल चलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । चाडपर्वको समयमा अत्यावश्यक पर्ने जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायतका मसलाजन्य वस्तु र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि हुन सक्नेतर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

समिति सभापति अब्दुल खानले चाडपर्व लक्षित सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरुमा समेत सञ्चालन गर्नउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । समितिको निर्णयमा भनिएको छ, कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चीनी, चामल, दाल लगयातका अत्यावश्यक बस्तुहरुको पर्याप्त व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।’


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?