Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

संसदीय समिति बङ्गलादेश भ्रमणमा


१७ ,असोज ,काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए ।

ढाकास्थित नेपाली दूतावासका अनुसार मङ्गलबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा विचार आदानप्रदान गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलले कृषिमन्त्री डा मुहम्मद अब्दुर रज्जाकसँग पनि छलफल गरेको छ । भेटका अवसरमा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य तथा प्रविधि हस्तान्तणका साथै खाद्य सुरक्षा सुनिश्चित गर्नेतर्फ द्विपक्षीय सहयोग बढाउनुपर्नेमा जोड दिएको छ । नेपाली प्रतिनिधिमण्डलले परराष्ट्र राज्यमन्त्री मोहम्मद शाहरिर आलमसँग पनि भेट गरेको छ ।

त्यस अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, दिगो विकास, खाद्य सुरक्षालगायत साझा चासोका विषयमा छलफल भएको थियो ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?