Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

संसदीय समिति बङ्गलादेश भ्रमणमा


१७ ,असोज ,काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए ।

ढाकास्थित नेपाली दूतावासका अनुसार मङ्गलबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा विचार आदानप्रदान गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलले कृषिमन्त्री डा मुहम्मद अब्दुर रज्जाकसँग पनि छलफल गरेको छ । भेटका अवसरमा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य तथा प्रविधि हस्तान्तणका साथै खाद्य सुरक्षा सुनिश्चित गर्नेतर्फ द्विपक्षीय सहयोग बढाउनुपर्नेमा जोड दिएको छ । नेपाली प्रतिनिधिमण्डलले परराष्ट्र राज्यमन्त्री मोहम्मद शाहरिर आलमसँग पनि भेट गरेको छ ।

त्यस अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, दिगो विकास, खाद्य सुरक्षालगायत साझा चासोका विषयमा छलफल भएको थियो ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?