Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ


१७ ,असोज ,जानकी (बाँके) । बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । राप्तिसोनारी–२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् ।

उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आज जानकारी दिए ।

उनका अनुसार जैसीलाई निकुञ्जभित्रको सुखार र खैरी खोलाको ‘फायर लाइन’बाट चित्तलको मासु भाग लगाउँदै गर्दा पक्राउ गरिएको हो । उनीसँगै रहेका मदनबहादुर खत्री भने फरार रहेका छन् ।

निकुञ्जभित्रको हिरासतमा जैसीमाथि थप अनुसन्धान भइरहेको उल्लेख गर्दै भुसालले बताए, “वन्यजन्तु चोरी शिकारी आरोपमा टीकारामलाई चित्तलको मासु भाग लगाउँदै गर्दा हाम्रो गस्ती टोलीले पक्राउ गरेको हो । ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले हामी अनुसन्धानकै क्रममा छौँ ।”

फरार रहेका मदनबहादुर खत्रीको खोजी जारी रहेको उनले बताए । “वन्यजन्तु चोरी शिकारी आरोपमा कसैलाई उम्कने छुट छैन । नेपालमै लुकेर बसे पनि अथवा नेपाल बाहिर जहाँसुकै गए पनि फरार रहेका मदनबहादुरको खोजी जारी नै भएको हुँदा उनलाई चाँडै नै पक्राउ गर्ने छौँ,” उनले भने ।

गत वर्षको स्थानीय निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडाध्यक्षमा निर्वाचनमा भाग लिएका मदनबहादुरको नाम पटकपटक वन्यजन्तु चोरी शिकारीको आरोपमा मुछिँदै आएको थियो ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?