Trending
>>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

समाचार


शान्ति सुरक्षाका लागि आज निषेधाज्ञा, भोलिसम्म कर्फ्यु लागू

काठमाडौँ । हालको असामान्य अवस्थालाई नियन्त्रणमा लिन सरकारले आज भाद्र २५ गते बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरेको छ। परिस्थितिअनुसार आदेश थप लम्ब्याइने वा परिवर्तन गरिनेछ। नेपाली सेनाले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनको आवरणमा तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारसम्मका गतिविधि

“प्रहरीको अपिल : शान्तिपूर्ण बाटो रोजौं, सहकार्य गरौं”

काठमाडौं । जेनजी  को आह्वानमा सुरु भएको विरोध प्रदर्शनमा जनधनको क्षति हुँदै गएपछि नेपाल प्रहरीले अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा राष्ट्रिय सुरक्षा र सार्वजनिक सम्पत्तिमा क्षति पुगोस् भन्ने उद्देश्यको  गतिविधि नहोस भन्दै  प्रहरीले नागरिक–प्रहरी सहकार्य, शान्तिपूर्ण संवाद र सहमतिको

पशुपतिनाथ मन्दिर तोडफोडको प्रयासपछि नेपाली सेना पुग्यो

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेपछि नेपाली सेनाको टोली त्यहाँ परिचालन गरिएको छ। सेनाले हाल भइरहेको आन्दोलनका क्रममा देखिएका लुटपाट, आगजनी र तोडफोडजस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ। स्थिति अझ जटिल भएमा नियन्त्रणका लागि कठोर कदम चालिने सेनाले

“सुरक्षा कमाण्ड सम्हाल्दै नेपाली सेना”

काठमाडौं । नेपाली सेनाले हालको विपद् परिस्थितिमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीजस्ता घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना लगायतका सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताएको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार असामाजिक गतिविधि रोक्न र जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने उल्लेख गरिएको छ। सोही

जेलबाट निस्किए रवि लामिछाने

काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्। सुरक्षा अभाव देखिएपछि उनलाई पत्नी निकिता पौडेलको जिम्मामा छोडिएको रास्वपाको स्रोतले जनाएको छ।

जेनजी प्रदर्शनकारीहरूले शेरबहादुर देउवा र आरजु राणालाई कुटपिट गरेका छन्

काठमाडौं । उग्र जेनजी प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्। सिंहदरबार, संसद् भवन, शीर्ष नेताहरूको आवास, पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत आगजनी र तोडफोड भइरहेका छन्।

मानवअधिकार आयोगद्वारा हिंसात्मक नहुन प्रदर्शनकारीलाई आग्रह

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ । आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग

केपी शर्मा ओलीले दिए पदबाट राजीनामा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा हिंस्रक रूप लिन पुगेपछि उनले राजीनामा दिन बाध्य भएको बताइएको छ। हिजो देखि सुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको थियो।

एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी

जनकपुर। नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् । आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै न

सम्वन्धित समाचारहरु