Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्रीलाई हर्कले भने–‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, उत्तर दिन संसदमा आउनुस्’


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रश्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साहले नै दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बिहीवार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरित भएको बताए । उनले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुनेपनि सांसदहरुले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने बताएका छन् । यदी प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद बहिस्कार गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताएका छन् ।

उनले भने, ‘नीति तथा कार्यक्रमको छलफलमा प्रधामन्त्री हुनुहुन्न, म यसमा आपत्ति जनाउन चाहन्छु । सरकारको प्रमुख, उहाँले नै पेश गरेको नीति तथा कार्यक्रममा हामी छलफलमा छौँ । जीवन सिकाई हो, हरेक पल हामीले सिकिरहनुपर्छ, अरुलाई सुनिरहनुपर्छ । यति महत्वपुर्ण विषयमा हामीले छलफल गरिरहँदा सरकारको प्रमुख, जसले नीति तथा कार्यक्रम ल्याउनुभएको हो, जसले हामीलाई सुनिरहनुभएको छैन । उहाँले लाईभमा सुनुहुन्छ वा भरेभोली सुन्नुहुन्छ भन्ने पनि होला । तर यो संसदको मर्यादा विपरित छ, संसदको परम्परा विपरित पनि छ । म माग गर्न चाहन्छु, उहाँ यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नु भएन तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यदी उहाँ आउनुहुन्न भने हाम्रो श्रम संस्कृति पार्टी बाहिरिनेछौँ । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होईन । सामाजिक परम्परा छ नी, आफ्नो विहेमा अरुलाई बेहुला पठाएर हुँदैन । त्यसो भएको हुनाले उत्तर दिन उहाँ आफै आउनुपर्छ । अब यो काग कराईरहन्छ, पिनास सुकिरहन्छ भन्ने हिसावले हामी संसदलाई चलाउन सक्दैनौँ ।’

उनले देश विकास गर्न गफले मात्रै नहुने बताएका छन् । उनले सरकार लगायत सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिएका छन् उनले नीति तथा कार्यक्रममा सबै सांसदहरुको सुझाव समेट्नुपर्ने भएपनि एकलौटी ल्याइएको गुनासो गरे । नीति तथा कार्यक्रममा संसदमा पर्याप्त छलफल हुन नसकेको उनको भनाई छ । उनले नीति तथा कार्यक्रममा नीति र कार्यक्रमको बारेमा स्पष्टता नदेखिएको आरोप पनि लगाएका छन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?