काठमाडौं। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन २० गतेदेखि बाहिरिँदै छन् । सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गतेका लागि निर्वाचन हुने भएको छ भने राष्ट्रिय सभालाई प्रबुद्ध व्यक्तिको सभाका रूपमा हेर्ने गरिएको छ । नेपालको संविधानले तीन तहका सरकार र
महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस महिनाभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिएका छन् । त्यसैगरी,
काभ्रेपलाञ्चोक। इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताएका छन् । उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले आज शपथ लिने कार्यक्रम रहेको छ । “साझ ५ बजे सचिवालयको बैठक र त्यो भन्दा अघि नवमनोनित केन्द्रीय
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले माग पूरा नभए दीक्षान्त समारोह नै हुन नदिने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ । त्यस्तै, कर्मचारी संघले त्रिविसँग गत चैत भएको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५
काठमाडौं। तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । उक्त तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ । यसअघि चीनले तालिबानद्वारा नियुक्त बिलाल करीमीलाई राजदूतको दर्जा दिएको र उनले आफ्नो परिचयपत्र चीन सरकारमा पेश गरेको समाचार काबुलबाट सार्वजनिक भएको थियो
काठमाडौं। प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर ५ किलोभन्दा बढी सुन बरामद गरेको छ । त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।
काठमाडाैं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।
काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । त्यस्तै, शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने बोर्डले जनाएको छ भने
डोटी। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने प्रमुख दायित्व रहेको बताएका छन् । त्यस्तै मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको पत्रकारहरू सँगको भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक कोइरालाले जिल्लाको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताएका