Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

तालिबानबाट नियुक्त राजदूतलाई चीनले दियो मान्यता


काठमाडौं। तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । उक्त तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ ।

यसअघि चीनले तालिबानद्वारा नियुक्त बिलाल करीमीलाई राजदूतको दर्जा दिएको र उनले आफ्नो परिचयपत्र चीन सरकारमा पेश गरेको समाचार काबुलबाट सार्वजनिक भएको थियो भने बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबालाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो ।

यो प्रश्नको जवाफमा उनले भने, ‘अफगानिस्तान लामो समयदेखि चीनको मित्रवत सम्बन्ध छ भने अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बेदखल गर्नु हुँदैन ।’ सन् २०२१ को अगष्टमा अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानले सत्ता हातमा लिन सफल भएको थियो भने सो तालिबान सरकारमा आएपछि राजधानी काबुलमा दूतावास राख्ने चीन तेस्रो देश हो । चीन अघि पाकिस्तान र रुसले दूतावास राखेका थिए ।

हालै भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको थियो । त्यसपछि तालिबान सरकारले नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको थियो ।

 


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?