Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले दिए आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी


काठमाडौं। त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले माग पूरा नभए दीक्षान्त समारोह नै हुन नदिने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।

त्यस्तै, कर्मचारी संघले त्रिविसँग गत चैत भएको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग कार्यान्वयन गर्न माग गर्दै आएको छ भने विगतका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाहरुको यथावत प्राप्तिको सुनिश्चितताका लागि तीन दिनभित्र ठोस निर्णय नभएमा त्रिविका सम्पूर्ण निकायहरुमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्णरुपमा ठप्प पार्दै त्रिविको दीक्षान्त समारोहलाई समेत प्रभावित पार्ने’ कर्मचारी संघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो माग सम्बोधनका लागि त्रिवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष छत्रबहादुर कार्कीले सोमबार उपकुलपति प्रा.डा. शिवलाल भुसाललाई ज्ञापनपत्र बुझाएका थिए ।

 


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?