Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य


काठमाडाैं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठको उपचारका क्रममा गरिएको परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो भने मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएका हुन् । उक्त अस्पतालका चिकित्सक डा. अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, सघन उपचार कक्षमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको हाल स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ भने चिकित्सकका अनुसार उहाँलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् भने उनीहरूबीच सामान्य कुराकानी समेत भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?