Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

कञ्चनपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद आगामी पुसमा


महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस महिनाभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिएका छन् ।

त्यसैगरी, आगामी माघ महिनाको दोस्रो साता यहाँको कृष्णपुर नगरपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । “प्रतियोगितामा प्रत्येक पालिकामा ३० देखि ४० विद्यालय सहभागी हुनेछन् ।” उनले भने “कञ्चनपुरकाट प्रदेशस्तरीय रनिङ शिल्डमा एक सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।” आगामी माघको अन्तिम वा फागुनको पहिलो साता सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्ड आयोजना हुनेछ ।

उक्त प्रतियोगितामा भलिबल, कवड्डी, एथ्लेटिक्स, तेक्वान्दो कराते र उसु खेल खेलाइने कार्यालय प्रमुख भट्टले जानकारी दिए । यसैगरी गतवर्ष भएको सुदूरपश्चिम प्रदेशस्तरीय रनिङ शिल्डमा कैलाली प्रथम र कञ्चनपुरले दोस्रो स्थान हात पारेको थियो ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?