Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने पहिलो दायित्व हो : एसपी कोइराला


डोटी। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने प्रमुख दायित्व रहेको बताएका छन् ।

त्यस्तै मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको पत्रकारहरू सँगको भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक कोइरालाले जिल्लाको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताएका हुन् । पत्रकारहरूले उठान गरेका सवालहरू जिल्लाका लागि महत्त्वपूर्ण भएकोले समाधानका लागि आम नागरिक, पत्रकार सबैको सहयोग आवश्यक रहेको प्रहरी उपरीक्षक कोइरालाले बताउदै सञ्चारकर्मीहरूलाई आवश्यक सूचनाहरू सहज रूपमा उपलब्ध गराउने समेत बताएका छन् ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा लागु औषध दुर्व्यसनी, बिना इजाजत मदिराको बिक्री वितरण, सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु ओसार पसार, बिदाको समयमा सरकारी गाडीहरूको दुरुपयोग, सवारी साधनहरू नियमित चेक जाँचमा कमी, ग्रामीण क्षेत्रमा नियमित प्रहरी गस्ती बढाउनका साथै पत्रकारहरूलाई आवश्यक सूचनाहरू सहज रूपमा उपलब्ध गराउन पत्रकारहरूले सुझाव दिएका थिए ।

सो पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यम कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?