Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने पहिलो दायित्व हो : एसपी कोइराला


डोटी। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने प्रमुख दायित्व रहेको बताएका छन् ।

त्यस्तै मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको पत्रकारहरू सँगको भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक कोइरालाले जिल्लाको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताएका हुन् । पत्रकारहरूले उठान गरेका सवालहरू जिल्लाका लागि महत्त्वपूर्ण भएकोले समाधानका लागि आम नागरिक, पत्रकार सबैको सहयोग आवश्यक रहेको प्रहरी उपरीक्षक कोइरालाले बताउदै सञ्चारकर्मीहरूलाई आवश्यक सूचनाहरू सहज रूपमा उपलब्ध गराउने समेत बताएका छन् ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा लागु औषध दुर्व्यसनी, बिना इजाजत मदिराको बिक्री वितरण, सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु ओसार पसार, बिदाको समयमा सरकारी गाडीहरूको दुरुपयोग, सवारी साधनहरू नियमित चेक जाँचमा कमी, ग्रामीण क्षेत्रमा नियमित प्रहरी गस्ती बढाउनका साथै पत्रकारहरूलाई आवश्यक सूचनाहरू सहज रूपमा उपलब्ध गराउन पत्रकारहरूले सुझाव दिएका थिए ।

सो पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यम कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?