Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला


काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।

त्यस्तै, शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने बोर्डले जनाएको छ भने पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ । त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

उक्त पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र त्यसैका आधारमा रजिस्ट्रेशन फारम भर्नुपर्नेछ भने त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई कक्षा १० को ग्रेडशिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

 


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?