Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला


काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।

त्यस्तै, शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने बोर्डले जनाएको छ भने पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ । त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

उक्त पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र त्यसैका आधारमा रजिस्ट्रेशन फारम भर्नुपर्नेछ भने त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई कक्षा १० को ग्रेडशिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

 


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?