Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?

काठमाडौँ।संघीय संसद राष्ट्रिय सभाको २१ औं अधिवेशन १४५ दिनको कार्यवधि पछि शुक्रवार सम्पन्न भएको छ । गत वैशाख २८ गते शुरु भएको अधिवेशन अवधिमा ५२ वटा बैठक बसी विभिन्न महत्वपूर्ण विधेयकहरू पारित गर्नुका साथै समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारलाई निर्देशनात्मक भूमिका निर्वाह गरेको छ । वैशाख २८ देखि असोज १६ गतेसम्म

काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साढे तीन हजारभन्दा बढी प्रहरी परिचालन गर्ने गरी विशेष सुरक्षा योजना लागू गरेको छ । असोज १६ गते (शुक्रवार)बाट शुरु भई कात्तिक ३० गतेसम्म ४५ दिनका लागि तय गरिएको यो योजनाले राजधानीको शान्ति सुरक्षालाई थप सुदृढ बनाउने र

संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संसदीय बजेट अधिवेशन कानून निर्माण र जनजीविकाका सवालमा केन्द्रित रहेको बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कानून निर्माणका कार्यमा संसदले इमान्दार प्रयास गरेको र समितिगत रूपमा पनि ठोस उपलब्धि हासिल भएको

ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौँ। ग्लोवल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश

सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातारण निर्माण गर्न कानूनी स्थिरता आवश्यक रहेको बताएकी छिन् । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । उनले

रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सो

वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग

काठमाडौँ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मेडिकल शिक्षाको नाममा चरम बेथिति र नक्कली प्राध्यापक खडा गरी ‘गोरखधन्दा’ चलाइएको भन्दै संसदमा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कलेज प्रशासनको गैरकानुनी गतिविधिले विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्

जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दाबल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताएका छन् । उनले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरेका छन् ।

म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन

काठमाडौँ।म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा अध्ययन गर्न सार्वजनिक लेखा समितिले रास्वपा सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति बनाएको छ । समितिको आजको बैठकले सांसदहरु ऐन महर,योगेश गौचन थकाली,आर्यन राई,खगेन्द्र सुनार,खुश्वु ओली,रमेशकुमार मल्ल,गणेश धिमाल, महेन्द्रबहादुर शाही सम्मलित अध्ययन समिति बनाएको हो । समितिले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन

म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न

काठमाडौँ। सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको मौनताप्रति प्रश्न उठाउँदै घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन् । शुक्रवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले कपडा खरिद प्रकरणमा अनियमितताको विषय उठिसक्दा पनि समितिले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले

सम्वन्धित समाचारहरु