Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

समाचार


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्ष बित्यो, जहाज उडेनन्

२ जेठ, लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने

अपरा (अचला) एकादशी व्रत गरिँदै

२ जेठ, काठमाडाैँ । ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । अपरा (अचला) एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको छ । पुराण–अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसम्पदा प्रदान गर्दछ । यस दिन भगवान् त्रिविक्रमको

संसदीय समितिको बैठकमा स्वागत र परिचय

२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरुलाई स्वागत गरेका थिए । बैठकमा समितिका सम्पूर्ण सदस्यहरुले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य हुनुहुन्छ ।

चट्याङ लागेर घाइते भएका तीन यार्सागुम्बा सङ्कलककाे चार दिनपछि उद्धार

२ जेठ, दार्चुला । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

म्यान्मारमा आएको मोचा आँधीका कारण ५ जनाको मृत्यु

२ जेठ, एजेन्सी । म्यान्मारमा आइतबार आएको भीषण चक्रवात मोचाका कारण पाँच जनाको मृत्यु भएको छ। राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिएको जानकारी अनुसार आधी शक्तिशाली भए पनि कम क्षति पुगेको र राम्रो प्रतिरोधी व्यवस्थाको तयारी गरिएको बताएका छन्। आँधीबाट मृत्यु हुनेमा शान राज्यको ताचिलेक टाउनसिपका दुई

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन् : पक्की पुल कहिले ?

२ जेठ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन् । विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन् प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उनको दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने

रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा विश्वकर्मा पक्राउ

२ जेठ, काठमाडाैँ । प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी रु १८ लाख ठगी गर्ने बागलुङ घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । विभिन्न

कमेडी च्याम्पियन भरतमणिले १४ लाख मात्रै पाए, कार आफ्नो नाममा पास नगरिदिएको गुनासो

२ जेठ, काठमाडाैँ । कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेलले तोकिएको पुरस्कारको आधा मात्रै पाएको बताएका छन् । हिमालय टेलिभिजनको ‘सेलेब्स टक सो’ सँगको कुराकानीमा उनले विजेता बनेको एक वर्ष पुग्न लाग्दासम्म २५ लाख पुरस्कार तोकिएपनि जम्मा १४ लाख मात्रै पाएको बताएका हुन् । पुरस्कार राशिमा आकस्मिक लाभांश करका

भरतपुर कारागारमा औषधि अभाव

२ जेठ, चितवन । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला चार नाबालक÷नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख

प्याराग्लाइडिङ प्रवर्द्धन गर्न प्याकेज ल्याइने

२ जेठ, चितवन । चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले

सम्वन्धित समाचारहरु