Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

संसदीय समितिको बैठकमा स्वागत र परिचय


२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरुलाई स्वागत गरेका थिए ।

बैठकमा समितिका सम्पूर्ण सदस्यहरुले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य हुनुहुन्छ । गत वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको थियो ।

समितिमा नेकपा (एमाले)का आठ, नेपाली कांग्रेसका सात, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन÷तीन, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका एक÷एक सांसद सदस्य छन् । बैठकमा समितिका सचिव रामकुमार पौडेलले समितिको समान्य परिचय र कार्यक्षेत्रका बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपभोक्ता हितसँग सम्बन्धित विषय सो समितिको कार्यक्षेत्र रहेको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?