Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

कमेडी च्याम्पियन भरतमणिले १४ लाख मात्रै पाए, कार आफ्नो नाममा पास नगरिदिएको गुनासो


२ जेठ, काठमाडाैँ । कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेलले तोकिएको पुरस्कारको आधा मात्रै पाएको बताएका छन् ।

हिमालय टेलिभिजनको ‘सेलेब्स टक सो’ सँगको कुराकानीमा उनले विजेता बनेको एक वर्ष पुग्न लाग्दासम्म २५ लाख पुरस्कार तोकिएपनि जम्मा १४ लाख मात्रै पाएको बताएका हुन् ।

पुरस्कार राशिमा आकस्मिक लाभांश करका साथै विभिन्न कर काटिएपछि उनको हातमा त्यति रकम परेको बताइएको छ ।

उनले यसबारे भने, ‘‘यति थोरै रकम आउँछ भने मलाई थाहा थिएन । अलि– अलि त काटिएला भन्ने सोचेको थिएँ तर झन्डै आधा नै काटिँदा अचम्ममा परेँ । के– के कुरा काटियो भनेर पछि सोध्दा करको सूची नै देखाउनुभयो । केही भन्न पनि मिलेन ।’

कमेडी च्याम्पियनका विजेताले पुरस्कार स्वरूप कार पनि पाउँछन् । सो कारका लागि लाग्ने कर पनि सोही पुरस्कार राशीबाट काटिएको उनले बताएका छन् । तर, कार आफ्नो नाममा पास नगरिदिएको भन्दै दुखेसो व्यक्त गरेका छन् ।

उनले प्रतियोगिता सञ्चालन गर्दा यति धेरै रकम नभनेर बरू सुरूमै कम रकम घोषणा  गर्दा राम्रो हुने सुझाव दिँदै भनेका छन्, ‘थोरै भए पनि यति पाइन्छ भनेर पहिले नै भनिदिएको भए हुन्थ्यो होला । त्यसमा नै खुसी भइन्थ्यो ।’


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?