Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कमेडी च्याम्पियन भरतमणिले १४ लाख मात्रै पाए, कार आफ्नो नाममा पास नगरिदिएको गुनासो


२ जेठ, काठमाडाैँ । कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेलले तोकिएको पुरस्कारको आधा मात्रै पाएको बताएका छन् ।

हिमालय टेलिभिजनको ‘सेलेब्स टक सो’ सँगको कुराकानीमा उनले विजेता बनेको एक वर्ष पुग्न लाग्दासम्म २५ लाख पुरस्कार तोकिएपनि जम्मा १४ लाख मात्रै पाएको बताएका हुन् ।

पुरस्कार राशिमा आकस्मिक लाभांश करका साथै विभिन्न कर काटिएपछि उनको हातमा त्यति रकम परेको बताइएको छ ।

उनले यसबारे भने, ‘‘यति थोरै रकम आउँछ भने मलाई थाहा थिएन । अलि– अलि त काटिएला भन्ने सोचेको थिएँ तर झन्डै आधा नै काटिँदा अचम्ममा परेँ । के– के कुरा काटियो भनेर पछि सोध्दा करको सूची नै देखाउनुभयो । केही भन्न पनि मिलेन ।’

कमेडी च्याम्पियनका विजेताले पुरस्कार स्वरूप कार पनि पाउँछन् । सो कारका लागि लाग्ने कर पनि सोही पुरस्कार राशीबाट काटिएको उनले बताएका छन् । तर, कार आफ्नो नाममा पास नगरिदिएको भन्दै दुखेसो व्यक्त गरेका छन् ।

उनले प्रतियोगिता सञ्चालन गर्दा यति धेरै रकम नभनेर बरू सुरूमै कम रकम घोषणा  गर्दा राम्रो हुने सुझाव दिँदै भनेका छन्, ‘थोरै भए पनि यति पाइन्छ भनेर पहिले नै भनिदिएको भए हुन्थ्यो होला । त्यसमा नै खुसी भइन्थ्यो ।’


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?