Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

म्यान्मारमा आएको मोचा आँधीका कारण ५ जनाको मृत्यु


२ जेठ, एजेन्सी । म्यान्मारमा आइतबार आएको भीषण चक्रवात मोचाका कारण पाँच जनाको मृत्यु भएको छ। राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिएको जानकारी अनुसार आधी शक्तिशाली भए पनि कम क्षति पुगेको र राम्रो प्रतिरोधी व्यवस्थाको तयारी गरिएको बताएका छन्।

आँधीबाट मृत्यु हुनेमा शान राज्यको ताचिलेक टाउनसिपका दुई जना, राखिन राज्यको सिट्वे र तौनगुप शहरका एक–एक जना र अय्यारवाडी क्षेत्रको येकी शहरका एक जना रहेको बताइएको छ।

सञ्चारमाध्यमका अनुसार मोचा चक्रवातले ८६४ घर, ११ धार्मिक भवन, १६ गुम्बा, ६४ विद्यालय, १४ अस्पताल, ७ टेलिकम टावर, ७१ ल्याम्पपोस्ट र ३८ विभागीय भवनमा क्षति पुर्याएको छ।

मोचा प्रभावित क्षेत्र र राज्यहरूमा राखिन, अय्यारवाडी, बागो, याङ्गुन, मगवे, सागाइङ, चिन, मण्डले र नेपी ताव काउन्सिल क्षेत्र लगायत रहेका छन्। मोचा आइतबार पश्चिमी म्यानमारको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्याएको बताइएको छ।

राखिन र चिन राज्यका शहरहरूमा थप हताहती र सम्पत्तिको क्षति बारे अध्ययन अनुसन्धान भइरहेको छ।

म्यान्मारले सोमबार रखाइन राज्यका १७ वटा टाउनशिपलाई प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र घोषणा गरेको छ। साथै मोचा चक्रवातका कारण दक्षिणपूर्वी एसियाली देशमा सबैभन्दा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ।

सोमबार दिउँसो म्यान्मारको मौसम निकायले जनाएअनासर अनुसार मोचा चक्रवात चीनमा न्यून चापीय अवसादमा परिणत भएको छ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?