Trending
>>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

समाचार


बागमती प्रदेश : हिउँदे अधिवेशन अन्त्य

१३ वैशाख, काठमाडाैँ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय

बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन

१३ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ । आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले

केपी ओलीमाथि ढुंगा प्रहार गर्ने एक जना पक्राउ

१३ वैशाख, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । बुधबार झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ओलीलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जानकारी गराएका छन् ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले अबदेखि लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने

१३ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले अबदेखि लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको छ । गाउँपालिकाका अध्यक्ष मेजर राईले दिएको जानकारी अनुसार गाउँ कार्यपालिकाले नीतिगत निर्णय गरेर यस्तो लेख्न सुरू गरेको हो । यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अबदेखि पर्यटनको नयाँ गन्तव्य भनेर लिम्चुङबुङ पालिकाको हरेक पत्रहरुको शीर्षकमा उल्लेख

साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ, पार्टी कमजोर हुन्छ : केपी ओली

१३ वैशाख, झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे । एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै

घट्यो शेयर बजार

१३ वैशाख, काठमाडाैँ । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार

एमाले अध्यक्ष ओलीमाथि ढुंगा प्रहार

१३ वैशाख, काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगा प्रहार भएको छ । बुधबार झापामा आयोजित कार्यक्रममा जाँदा ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओलीमाथि आक्रमणको भएको बताए । 'काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच संसद् अधिवेशन अन्त्य गर्ने विषयमा छलफल

१३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरेर संसद् चालू अधिवेशन अन्त्य गर्ने र छिट्टै बजेट अधिवेशन

युएई सेमिफाइनलमा प्रवेश, बहराइन बाहिरियो

१३ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह

एक किलो गाँजा बोक्दा मृत्युदण्ड

१३ वैशाख, एजेन्सी । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन्

सम्वन्धित समाचारहरु