Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चट्याङ लागेर एक महिलाको मृत्यु


९ जेठ, राैतहट । रौतहटको मौलापुर नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मौलापुर नगरपालिका वडा नम्बर ४ पतौराका गम्भीरा साहको ३५ वर्षीया श्रीमती प्रतिमा देवीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

धारामा पानी लिन गएको बेला चट्याङ लागेर प्रतिमा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमाशङ्कर यादवले बताए ।

मृतक महिलाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर ल्याइएको तथा पोष्टमार्टम पश्चात् अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए ।

हावाहुरीसँगै आएको आँधीले बिउँ झर्दा किसानलाई असहज भएको थियो भने अत्यधिक गर्मीबाट अलि राहत भएको स्थानीयवासीले बताएका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?