Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चट्याङ लागेर एक महिलाको मृत्यु


९ जेठ, राैतहट । रौतहटको मौलापुर नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मौलापुर नगरपालिका वडा नम्बर ४ पतौराका गम्भीरा साहको ३५ वर्षीया श्रीमती प्रतिमा देवीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

धारामा पानी लिन गएको बेला चट्याङ लागेर प्रतिमा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमाशङ्कर यादवले बताए ।

मृतक महिलाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर ल्याइएको तथा पोष्टमार्टम पश्चात् अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए ।

हावाहुरीसँगै आएको आँधीले बिउँ झर्दा किसानलाई असहज भएको थियो भने अत्यधिक गर्मीबाट अलि राहत भएको स्थानीयवासीले बताएका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?