Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा


९ जेष्ठ ,पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताएकि छन् । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताईन् ।

“व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन । व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार हुनुहुँदैन । व्यक्ति र कमजोरी परिवर्तन गर्न सकिन्छ । यसका लागि सञ्चार माध्यम र राजनीतिकर्मीहरूको दायित्व साझा छ, राजनीतिक स्वतन्त्रताका लागि जे भनेर उपलब्धि प्राप्त गर्यौं, त्यो प्यारो छ”, उनले भनिन् ।

गणतन्त्रमा नागरिकले अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नु नै महत्त्वपूर्ण हो भन्दै उनले भनिन्, “उपलब्धिको रक्षा हाम्रो दायित्व हो । गणतन्त्र, लोकतन्त्र र समावेशिताले ठूलो उपलब्धि हासिल गरेको छ । एलिट वर्गको सिन्डिकेट तोडिएको छ ।”

मन्त्री शर्माले रेडियो सगरमाथाले लोकप्रियता कायम गर्न सकेकोमा शुभकामना व्यक्त गर्दै यस सञ्चार माध्यमबाट सञ्चालित कार्यक्रमबाट धेरै लाभदायक भएको बताईन् । उनले सूचना र सञ्चारको भरपर्दो साधन रेडियोलाई दीगो बनाउन श्रोताको अपेक्षाअनुसार प्रतिस्पर्धी कार्यक्रम बनाउन आग्रह गर्दै नयाँ प्रविधिको विकासअनुसार अगाडि बढ्न सफलताको शुभकामना व्यक्त गरिन् ।उनले रेडियोका कार्यक्रम सबैले सुन्न लायक भयो भने राम्रो हुने र लोकप्रिय हुने उल्लेख गरिन् ।

बयानब्बे वर्षीय अग्रज पत्रकार भैरव रिजालले रेडियो सगरमाथा भाग्ला है भनेर श्रोताले खबरदारी गर्नुपर्नेमा जोड दिनुए । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाज विकासका लागि रेडियोले खेलेको भूमिका अतुलनीय भएको बताए । उनले भने, “रेडियो सगरमाथा सामुदायिक रेडियोमध्येको उत्कृष्ट रेडियो हो । सामुदायिक रेडियोको दीगोपनका लागि आमसञ्चार नीतिमा समेट्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मिडियालाई नयाँ चुनौती रहेको बताईन् । उनले रेडियो सगरमाथालाई समुदायको आवाज बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै सूचनाको हकसँग जोडिएर सूचना प्रवाह गर्न आग्रह गरिन् । शाक्यले सरकार र सञ्चार माध्यमको बीचमा समन्वय भएर नागरिकलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्र सेवाकालीन व्यवसाय भएकोले समुदायलाई हित हुने कार्यक्रम सञ्चालन गर्न जरुरी रहेकोमा जोड दिईन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामुदायिक रेडियोको समस्या धेरै भएको बताउँदै भइरहेका संरचना र नीति नियमबाट सामुदायिक रेडियो बचाउन के के गर्न सकिन्छ, त्यो गर्न काउन्सि तयार रहेको धारणा राखे । शिक्षा समन्वय एकाइ ललितपुरका प्रमुख निम सिंह राठौरले सकारात्मक किसिमका समाचार प्रसारण गरेर बालबालिकाको शैक्षिक र ज्ञानमूलक क्षमता अभिवृद्धि गर्न आग्रह गरे ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले रेडियोको नेतृत्व र व्यवस्थापनमा महिला हुनु खुसीको कुरा भएको बताईन् । वार्षिकोत्सवमा मन्त्री शर्माले ९६ वर्षीय अग्रज पत्रकार रिसालसहित सगरमाथा रेडियो योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिन् । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्ज विसं २०५४ साज जेठ ९ गतेदेखि सञ्चालन हुँदै आएको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?