Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पाँचखालमा बनिनसक्दै पुल भाँचियो


९ जेष्ठ ,काभ्रे । पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् ।

छ वर्षअघि चन्द्रा एण्ड वसन्त एनएम जेभीले रु चार करोड ५० लाखमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो ।

स्थानीयले पुल निर्माणमा ढिलाइ गरी अलपत्र तथा लापर्बाहीका कारण खेतमा बाढी पस्दा हजारौँ रोपनी डुबानमा परेको र क्षतिपूर्तिसमेतको माग गर्न थालेका छन् । निर्माण पक्षले बीचबाट चर्किएर भाँचिएको उक्त पुल प्लाष्टरमार्फत टाल्न खोजिएको प्रष्ट देखिन्छ ।

चालीस मिटर लम्बाइको उक्त पुल भाँचिएपछि आज स्थलगत निरीक्षण गरेको नगर नगरप्रमुख महेश खरेलले पुल पूरै भत्काएर पुनः बनाउनुपर्ने देखिएको बताए । “भाँचिएर जीर्ण बनेको पुलमा भोलि जनधनको क्षति हुने भएकाले पनि प्राविधिकको सल्लाहबमोजिम पुलको पुनःनिर्माण हुनुपर्छ”, उनले भने ।

उनका अनुसार ‘टालटुल’ले पुल यथास्थितिमा राख्न नमिल्ने अवस्थामा छ । समयमै पुल नबन्दा स्थानीयले निकै समस्या भोग्नुपरेको १२ नं का वडाध्यक्ष ज्ञानबहादुर दनुवारले बताए । उनका अनुसार वर्षायाममा नजिकैको आजाद माध्यमिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी तथा त्यस भेगमा उत्पादन भएको तरकारी बजार लैजान समस्या छ ।“बल्ल बनेको पुलबीच भागमा भाँच्चिएपछि स्थानीय झन चिन्तित बनेका छन्”, दनुवारले भने ।

गणेश दनुवारले बाढीकै खोलामा एकतर्फी पुलको ढलान गरिएको भागले पानीको बहाव त्यहाँ ठोक्किएर बर्सेनि स्थानीयको खेत नै बगाएको बताए । पुल निर्माण सम्पन्न भएपछि पाँचखालका स्थानीयसँगै तेमाल र चौँरी देउराली गाउँपालिका तथा रामेछापको केही स्थानीय तहमा जान निकै सहजता हुन्छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?