Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनप्रतिनिधिसँगै कृषि प्राविधिक किसानका खेतबारीमा


९ जेष्ठ ,गलेश्वर । गत साता आएको भीषण असिना पानीले क्षति पुर्याएको खाद्यान्न, तरकारी र फलफूल खेतीको अनुगमन गर्न र किसानका समस्या बुझ्न पश्चिमी म्याग्दीका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका छन् ।असिनाको मारमा परेका किसानको समस्या बुझ्न मङ्गला र मालिका गाउँपालिकाका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका हुन् ।

किसानले भोगेका समस्या र मौसमले गरेको क्षतिबारे बुझ्न, क्षतिको तथ्याङ्क लिन र किसानको अवस्थाको बारेमा जानकारी लिन जनप्रतिनिधिसहित प्राविधिक कर्मचारी किसानका खेतबारीमै गएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए ।

गाउँपालिकाले जनप्रतिनिधिसहित कृषि प्राविधिकलाई पालिकाभित्रका सबै वडामा खटाएको र शनिबारदेखि मङ्गलबारसम्म मङ्गला–३ र ४ मा पर्ने बरजामा अनुगमन तथा निरीक्षण गरिएको कृषि प्राविधिक बानियाँले जानकारी दिए ।

अनुगमन र निरीक्षणका साथै किसानलाई हौसला दिन, बजारीकरण, मल, बीउ ढुवानी, रोगकीराको समस्या बुझ्न र किसानले तयार पारेका मोडल फर्महरूको अवस्था बुझ्न अनुगमन सुरु गरिएको मङ्गला गाउँपालिकाले जनाएको छ ।असिनापानीले खुल्ला रूपमा गरिएको मकै, गहुँ, तरकारी र सुन्तलाजातका फलफूल, आँपका फूल झारेर किसान समस्यामा रहेको मङ्गला–३ का वडाअध्यक्ष यामबहादुर रोकाले बताए ।

अनुगमन गर्दा अधिकांश किसानले प्लास्टिक घरभित्र लगाएका गोलभेँडामा टुट्टा कीराको आक्रमण र डडुवा रोग लागेको, मकैबालीमा फौजी कीराको प्रकोप देखिएको, तापक्रम सन्तुलन नहुँदा रोगको प्रकोप बढ्दै गएको पाइएको मङ्गला–३ का प्राविधिक सहायक तारा बानियाँले बताईन् ।उनका अनुसार गत साताको असिना पानीले तीन सय बढी किसानले लगाएको बालीनालीमा क्षति पुर्याएको छ । क्षतिको प्रारम्भिक अनुगमनका क्रममा करिब रु चार करोडको क्षति भएको छ ।

त्यसैगरी मालिका गाउँपालिकाका–५, ६ र ७ मा पनि गत साताको असिना पानीले क्षति पुर्याएको बालीको निरीक्षण गर्न र किसानका समस्या बुझ्न कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली किसानको खेतबारीमा नै पुगेको छ ।किसानले सोही अवसरमा आ–आफ्ना समस्या जनप्रतिनिधि र कृषि प्राविधिकलाई जानकारी गराएका छन् ।

उत्पादित तरकारी ढुवानी गर्न र बजारमा पुगेर मल, कीटनाशक विषादी ल्याउन समस्या भइरहेको किसानले गुनासो गरे । बजारसम्म सामान ढुवानी गर्न पालिकाले सहजीकरण गरिदिनुपर्ने र मल, बीउ, विषादी खरिद गर्न सहयोग गर्नुपर्ने बताएका थिए ।

उनीहरूले कोरोनाले अब गाउँमा रमाउन र बाँझो खेतमा खेतीपातीको वातावरण मिलाइदिन जनप्रतिनिधिसँग माग गरेका छन् । राज्यले कृषिलाई बढी प्राथमिकतामा राखेर अबको नीति तथा कार्यक्रम बनाउन पनि किसानले सुझाएका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?