Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले संसदलाई अवमूल्यन गर्ने तथा संसदीय प्रणालीमाथि छेडखानी गरिरहेको आरोप लगाएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो आराप लगाएका हुन् । उनले सरकारको व्यवहारले संविधान र व्यवस्थाप्रति जनतामा अरुची र संकट पैदा हुँदै गएको टिप्पणी गरे । सरकार आफ्नो उद्देश्य पूरा गर्न सफल भएपनि राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पुर्णतः असफल भएको उनको भनाइ छ । सांसद सापकोटाले सरकारले तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको बजेट चलाएको उल्लेख गर्दै आर्थिक सुधारको संकेत देखिएपनि तत्कालीन सरकारलाई धन्यावाद दिनुपर्ने बताए ।

उनले भने, ‘संसद विघटन गरेको पृष्ठभूमि भएको नेताले सरकारको नेतृत्व गरिराख्नु भएको छ । सरकारले संसदलाई अवमूल्यन गर्ने, हेप्ने, संसदीय प्रणालीलाई छेडखानी गर्ने काम गरिराखेको छ । यो राम्रो भएन । यसले संसद मात्रै होइन व्यवस्थामाथि अरुची र संकट पैदा गर्दछ । यो सरकार जे उद्देश्य प्राप्तिको लागि गठन भएको छ त्यो उद्देश्य प्राप्तिमा सफल छ । राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पूर्णतः यो सरकार असफल छ । यो सरकार बजेट कार्यान्वयनले मुलुकमा आर्थिक सुधारका संकेतहरु देखिए भन्दै हिँडेको छ । यदि त्यसो हो भने त तत्कालिन सरकारलाई धन्यावाद दिनुपर्छ नि । यो सरकार भ्रष्टाचारका काण्डै काण्डमा अल्मलियो, सरकारले जनताकाप्रति उत्तरदायी भएर केही पनि काम गरेन ।’

सरकार भ्रष्टाचारमा अल्मलिएको कारण जनताप्रति उत्तरदायी हुन नसकेको उनको टिप्पणी छ ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?