Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले संसदलाई अवमूल्यन गर्ने तथा संसदीय प्रणालीमाथि छेडखानी गरिरहेको आरोप लगाएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो आराप लगाएका हुन् । उनले सरकारको व्यवहारले संविधान र व्यवस्थाप्रति जनतामा अरुची र संकट पैदा हुँदै गएको टिप्पणी गरे । सरकार आफ्नो उद्देश्य पूरा गर्न सफल भएपनि राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पुर्णतः असफल भएको उनको भनाइ छ । सांसद सापकोटाले सरकारले तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको बजेट चलाएको उल्लेख गर्दै आर्थिक सुधारको संकेत देखिएपनि तत्कालीन सरकारलाई धन्यावाद दिनुपर्ने बताए ।

उनले भने, ‘संसद विघटन गरेको पृष्ठभूमि भएको नेताले सरकारको नेतृत्व गरिराख्नु भएको छ । सरकारले संसदलाई अवमूल्यन गर्ने, हेप्ने, संसदीय प्रणालीलाई छेडखानी गर्ने काम गरिराखेको छ । यो राम्रो भएन । यसले संसद मात्रै होइन व्यवस्थामाथि अरुची र संकट पैदा गर्दछ । यो सरकार जे उद्देश्य प्राप्तिको लागि गठन भएको छ त्यो उद्देश्य प्राप्तिमा सफल छ । राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पूर्णतः यो सरकार असफल छ । यो सरकार बजेट कार्यान्वयनले मुलुकमा आर्थिक सुधारका संकेतहरु देखिए भन्दै हिँडेको छ । यदि त्यसो हो भने त तत्कालिन सरकारलाई धन्यावाद दिनुपर्छ नि । यो सरकार भ्रष्टाचारका काण्डै काण्डमा अल्मलियो, सरकारले जनताकाप्रति उत्तरदायी भएर केही पनि काम गरेन ।’

सरकार भ्रष्टाचारमा अल्मलिएको कारण जनताप्रति उत्तरदायी हुन नसकेको उनको टिप्पणी छ ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?