Trending
>>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाचार


आज सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत हुँदै

१ असार, सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ लागि आज बजेट प्रस्तुत गर्दै छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान

भूतपूर्व गोरखाहरूको माग सम्बोधन बारे बैठक

१ असार, काठमाडाैँ। भूतपूर्व गोरखाहरूको माग सम्बोधनका विषयमा लन्डनस्थित नेपाली राजदूतावास,संयुक्त अधिराज्य (बेलायत)का रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राविधिक स्तरको बैठक बेलायतको रक्षा मन्त्रालयमा बिहीबार सम्पन्न भएको छ । बैठकमा भूपू गोरखाले उठाउँदै आएको पेन्सन र कल्याणकारी विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावासले जनाएको छ । बैठकमा छलफल

कृषि विश्वविद्यालयमा युएसएआइडि कृषि शिक्षा कार्यक्रम

१ असार, चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा अमेरिकी सहयोग नियोग (युएसएआइडि) कृषि उच्च शिक्षाको क्रियाकालप शुभारम्भ भएको छ । सन् २०२२ को डिसेम्बरमा युएसएआइडिले यो पञ्च वर्षीय क्रियाकलाप अमेरिकास्थित टस्किगी विश्वविद्यालयलाई नेपाली साझेदार सत्गुरु इन्कर्पोरेटेडसँगको सहकार्यमा प्रदान गरिएको हो । जुन कार्यक्रम आजदेखि लागू गरिएको छ ।

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

१ असार ,बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । गएको दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए । विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्नेलगायत समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ ।

डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा

१ असार ,भक्तपुर । भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ । केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेबा सुरु भएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । डोलेश्वरबाट

विपद् कोषमा छ अर्ब मौज्दात

१ असार ,काठमाडौँ । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ । तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको रु छ अर्ब तीन करोड १२ लाख

ब्याडमै सुक्न थाल्यो धानको बीउ

१ असार ,रामपुर (पाल्पा) । खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् । असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

१ असार ,सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै

१ असार ,सिन्धुपाल्चोक । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको दुई आज वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक

पानी अभावले रोपाइँ गर्न ढिलाइ

१ असार ,भजनी । कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए । आकाशे पानीको भरमा खेती गर्दै आएका उनि यस वर्ष भने फुर्सदमा छन् । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दैनिकी पानी पर्छ की भन्ने आशमै बित्ने गरेको छ । “खेती

सम्वन्धित समाचारहरु