Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

भूतपूर्व गोरखाहरूको माग सम्बोधन बारे बैठक


१ असार, काठमाडाैँ। भूतपूर्व गोरखाहरूको माग सम्बोधनका विषयमा लन्डनस्थित नेपाली राजदूतावास,संयुक्त अधिराज्य (बेलायत)का रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राविधिक स्तरको बैठक बेलायतको रक्षा मन्त्रालयमा बिहीबार सम्पन्न भएको छ ।

बैठकमा भूपू गोरखाले उठाउँदै आएको पेन्सन र कल्याणकारी विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावासले जनाएको छ । बैठकमा छलफल भएका विषयहरूमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयमा आन्तरिक छलफल गरेर पुन अर्को बैठक तय गरिने पनि सहमति भएको छ ।

भूपू गोरखाको तर्फबाट बैठकमा सहभागी ज्ञानराज राईले वार्ता सकारात्मक रूपमा भएको जानकारी दिँदै पेन्सन,कल्याणकारी र क्षतिपूर्तिलगायतका विषयमा छलफल भएको बताए । उनले बैठकमा मुख्य विषयवस्तुले प्रवेश पाएको बताउँदै आगामी दिनमा सचेत भएर अगाडि बढ्नु पर्ने बताए ।

बैठकमा नेपाल सरकारको तर्फबाट नेपाली दूतावासकी नियोग उपप्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार, भूपू गोरखाहरूको तर्फबाट मेजर(अवकाश) जुद्धबहादुर गुरुङ, धर्मबहादुर तामाङ र ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?