Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूतपूर्व गोरखाहरूको माग सम्बोधन बारे बैठक


१ असार, काठमाडाैँ। भूतपूर्व गोरखाहरूको माग सम्बोधनका विषयमा लन्डनस्थित नेपाली राजदूतावास,संयुक्त अधिराज्य (बेलायत)का रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राविधिक स्तरको बैठक बेलायतको रक्षा मन्त्रालयमा बिहीबार सम्पन्न भएको छ ।

बैठकमा भूपू गोरखाले उठाउँदै आएको पेन्सन र कल्याणकारी विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावासले जनाएको छ । बैठकमा छलफल भएका विषयहरूमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयमा आन्तरिक छलफल गरेर पुन अर्को बैठक तय गरिने पनि सहमति भएको छ ।

भूपू गोरखाको तर्फबाट बैठकमा सहभागी ज्ञानराज राईले वार्ता सकारात्मक रूपमा भएको जानकारी दिँदै पेन्सन,कल्याणकारी र क्षतिपूर्तिलगायतका विषयमा छलफल भएको बताए । उनले बैठकमा मुख्य विषयवस्तुले प्रवेश पाएको बताउँदै आगामी दिनमा सचेत भएर अगाडि बढ्नु पर्ने बताए ।

बैठकमा नेपाल सरकारको तर्फबाट नेपाली दूतावासकी नियोग उपप्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार, भूपू गोरखाहरूको तर्फबाट मेजर(अवकाश) जुद्धबहादुर गुरुङ, धर्मबहादुर तामाङ र ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?