काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यक्रम रहेको छ। यसैगरी खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित
काठमाडौँ । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ।
काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । सापकोटाले ४८० मत प्राप्त गर्दा पाण्डेले ५८० मत प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा
काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने छ। आजको बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। बाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी
काठमाडाैं । आजकाल बालबालिकामा मोबाइलको लत यसरी बसेको छ की उनीहरु मोबाइल या टिभी मा नझुम्मिकन दिन कटाउनै सक्दैनन्। पछिल्लो समय बुवा आमा को व्यस्तता या बालबालिकाले इन्टरनेटबाट केहि सिकुन भन्ने चाहना आदी कारणले धेरै जसो बालबालिकालाइ मोबाइल दिनु सामान्य कुरा भईसकेको छ। तर यसरी लत बसेपछि मात्रै मोबाइलले विभिन्न
काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुनःसरचना गर्ने बताएका छन् । सोमवार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले राष्ट्रिय योजना आयोगको कामलाई थप प्रभावकारी बनाउनको लागि पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन् । उनले अहिलेसम्म आयोग गठन
काठमाडाैं । सरकारले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको २९ औं सम्मेलन (कोप–२९) को तयारी सुरु गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत हुने मुद्दाहरु (पोजिसन पेपर) बारे सरोकारवालाहरु सँग छलफल सुरु गरेको हो । उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समिति
काठमाडाैं । वागमती युथ क्लवले सोमवार सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्दै एन्फा महिला फुटबल लिगमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा भएको खेलमा वागमती युथले सुदूरपश्चिममाथि ५–१ को जित निकाल्दै लिगमा सुखद् शुरुवात गरेको हो । वागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक पूरा गरिन् ।
काठमाडाैं । ग्लोवल आइएमई बैंकले ‘ग्लोवल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंककाअनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य