Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

अस्मिताको ह्याट्रिकमा वागमतीको फराकिलो जित


काठमाडाैं । वागमती युथ क्लवले सोमवार सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्दै एन्फा महिला फुटबल लिगमा फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा भएको खेलमा वागमती युथले सुदूरपश्चिममाथि ५–१ को जित निकाल्दै लिगमा सुखद् शुरुवात गरेको हो ।

वागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक पूरा गरिन् । साहारा लिम्बू र आरती भुजेलले समान एक गोल थपे । सुदूरपश्चिमका लागि तुल्छा बोहोराले एक गोल फर्काइन् । वागमतीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्यो । खेलको १७ औं मिनेटमा अस्मिताले गोल गर्दै अग्रता दिलाइन् ।

सुदूरपश्चिमकी डिफेण्डर मनीषा ओखेडाबाट पेनाल्टी बक्समा वागमतीकी आरती भुजेलले बल खोस्दै दिएको पासमा अस्मिताले दोस्रो बार च्यापेर गोल गरेकी हुन् । दोस्रो गोल पनि सुदूपश्चिमले डिफेन्डरकै गल्तीमा सामना गर्यो । २६ औं मिनेटमा साहाराले पेनाल्टी बक्सबाट उत्कृष्ट गोल गर्दै वागमतीको अग्रता दोब्बर बनाइन् । यसपल्ट पनि सुदूरपश्चिमकी डिफेन्डर संगीता विकबाट साहाराले बल खोस्दै गोल गरेकी हुन् । वागमतीकी अस्मिताले ३६ औं मिनेटमा नजिकै दूरीबाट गरेको प्रहार सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरी साउदले पन्च गदै जोगाइन् ।

तर सुदूरपश्मिचका डिफेन्डरले पेनाल्टी बक्समा रिबाउन्ड बललाई क्लियर गर्न सकेनन् । सोही बल नियन्त्रणमा लिँदै ३७ औं मिनेटमा आरतीले सहजै गोल गरिन् । यससँगै पहिलो हाफमा वागमती युथ ३–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि सुदूरपश्चिमले फितलो प्रदर्शन गर्यो। यद्यपि, वागमतीले चौथो गोलका लागि ८० औं मिनेटसम्म प्रतिक्षा गर्नुपर्यो । यसपल्ट अस्मिताले व्यक्तिगत दोस्रो गोल गर्दै वागमतीलाई ४–० ले अगाडि बढाइन् ।

उनले आरती भुजेलसँग वान टु वान पास गर्दै पेनाल्टी बक्सबाट सहजै गोल गरिन् । दुई मिनेटपछि नै अस्मिताले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन् । लिगमा यो पहिलो ह्याट्रिक पनि हो । दिव्या मगरले दिएको कट पास सदुपयोग गर्दै अस्मिताले पेनाल्टी बक्सबाट गरेको भली प्रहार गोलमा परिणत भयो । उनको प्रहार जोगाउन सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरीसँग अवसर नै थिएनन् । ९० औं मिनेटमा सुदूरपश्चिमले सान्त्वना गोल फर्कायो । तुल्छाले तीन डिफेन्डरको बीचबाट गोल गर्दै सुदूरपश्चिमको अन्तर ५–१ ले छोट्याइन् ।

वागमतीका डिफेन्डर अनिषा बिकले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिएकी तुल्छाले ड्रिब्लिङ गर्दै करिब १८ यार्डबाट गोल गरेकी हुन् । उनले बागमतीकी गोलकिपर करुणा बुढोथोकीको माथिबाट गरेको प्रहार गोलमा परिणत भएको हो । यो खेलमा अस्मिता प्लेयर अफ दी म्याच घोषित भइन् । यसअघि आईतवार उद्घाटनमा खेलमा कोशीले वालिङमाथि ४–० गोलअन्तरको जित निकाल्दै लिगमा सुखद् शुरुवात थियो । समान एक खेबाट वागमती र कोशीले लिगमा तीन अंक जोडेका छन् । कुल १० टोलीको सहभागिता रहेको लिग दुई चरणमा हुनेछ ।

यसपल्ट १० टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा ४५ खेल हुनेछ । यो राउन्डबाट उत्कृष्ट पाँच टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । दोस्रो चरणमा डबल राउन्ड रोबिनमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछ । सुपर लिगबाट उत्कृष्ट चार टोली छनोट हुने र सुपर लिगमा क्वालिफायर, एलिमिनेटर र फाइनल चार खेल खेल्नेछन् । यसबीच कुल ६९ खेल खेल हुनेछन् । लिगका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला (शनिवार) र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

प्रतियोगिताको विजेतालाई १० लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टिमलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिने शाहले जानकारी गराए । हरेक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?