Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

राष्ट्रिय योजना आयोगको पुनःसरचना गर्ने सोचमा छौँ : उपाध्यक्ष अधिकारी


काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुनःसरचना गर्ने बताएका छन् ।

सोमवार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले राष्ट्रिय योजना आयोगको कामलाई थप प्रभावकारी बनाउनको लागि पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन् । उनले अहिलेसम्म आयोग गठन आदेशमार्फत सञ्चालनमा आइरहेको भन्दै कानूनी रुपमा सञ्चालन हुँदा शत्तिशाली हुने अपेक्षा रहेको बताए । उनले सधैँ आयोग गठन आदेशको भरमा चल्दा प्रभावकारी रुपमा काम नदेखिएको आसय व्यक्त गरेका छन् ।

उपाध्यक्ष अधिकारीले मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकसित मुलुकको सूचीबाट विकासशिल मुलुकमा स्तर उन्नति हुनुपर्ने अवस्था रहेको बताउदै उनले २०२६ सम्म विकशित मुलुकमा स्तरोउन्नति हुन प्रतिव्यक्ति आय वृद्धिको लागि मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले आगामी २०२६ नोभेम्बरमा स्तरोउन्नति हुनैपर्ने भएकाले सरकार फाइदा÷बेफाइदा भन्दा पनि अवसरहरु सिर्जना गर्ने योजनाका साथ अघि बढेको बताएका छन् ।

उनले १६ औं पञ्च वर्षीयले आगामी पाँच वर्षमा ७.३ सम्म आर्थिक वृद्धि हुने अनुमान गरेको बताउदै उनले अहिले ३.५ आर्थिक वृद्धि भएको भएपनि चालु आर्थिक वर्षमा ६ प्रतिशत,त्यसपछि ६.६ प्रतिशत हुँदै २०८४÷०८५ मा निर्वाचनको वर्ष हुने ७.३ प्रतिशत पुग्ने अनुमान रहेको बताएका छन् । उनले आगामी पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र हुने अनुमान गरेको पनि उल्लेख गरे।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?