Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

राष्ट्रिय योजना आयोगको पुनःसरचना गर्ने सोचमा छौँ : उपाध्यक्ष अधिकारी


काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुनःसरचना गर्ने बताएका छन् ।

सोमवार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले राष्ट्रिय योजना आयोगको कामलाई थप प्रभावकारी बनाउनको लागि पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन् । उनले अहिलेसम्म आयोग गठन आदेशमार्फत सञ्चालनमा आइरहेको भन्दै कानूनी रुपमा सञ्चालन हुँदा शत्तिशाली हुने अपेक्षा रहेको बताए । उनले सधैँ आयोग गठन आदेशको भरमा चल्दा प्रभावकारी रुपमा काम नदेखिएको आसय व्यक्त गरेका छन् ।

उपाध्यक्ष अधिकारीले मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकसित मुलुकको सूचीबाट विकासशिल मुलुकमा स्तर उन्नति हुनुपर्ने अवस्था रहेको बताउदै उनले २०२६ सम्म विकशित मुलुकमा स्तरोउन्नति हुन प्रतिव्यक्ति आय वृद्धिको लागि मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले आगामी २०२६ नोभेम्बरमा स्तरोउन्नति हुनैपर्ने भएकाले सरकार फाइदा÷बेफाइदा भन्दा पनि अवसरहरु सिर्जना गर्ने योजनाका साथ अघि बढेको बताएका छन् ।

उनले १६ औं पञ्च वर्षीयले आगामी पाँच वर्षमा ७.३ सम्म आर्थिक वृद्धि हुने अनुमान गरेको बताउदै उनले अहिले ३.५ आर्थिक वृद्धि भएको भएपनि चालु आर्थिक वर्षमा ६ प्रतिशत,त्यसपछि ६.६ प्रतिशत हुँदै २०८४÷०८५ मा निर्वाचनको वर्ष हुने ७.३ प्रतिशत पुग्ने अनुमान रहेको बताएका छन् । उनले आगामी पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र हुने अनुमान गरेको पनि उल्लेख गरे।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?