Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

कोप–२९ मा नेपालले अधिकारमुखि अवधारणा प्रस्तुत गर्नेछः मन्त्री शाही


काठमाडाैं । सरकारले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको २९ औं सम्मेलन (कोप–२९) को तयारी सुरु गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत हुने मुद्दाहरु (पोजिसन पेपर) बारे सरोकारवालाहरु सँग छलफल सुरु गरेको हो । उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समिति तथा एनडिसि ३.० तयारी प्राविधिक समितिको संयुक्त बैठकमा राष्ट्रि«य जलवायु योजना निर्माणको समय तालिका र कोप २९ को मुख्य छलफलको विषय बारे जानकारी गराइएको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रि ऐन बहादुर शाहीले जलवायु परिवर्तनले मुलुकमा पुगेको क्षतीको परिपुरणको लागि अधिकारमुखि अवधारणा प्रस्तुत गर्ने गरी सरकार सो सम्मेलनमा प्रस्तुत हुने बताएका छन् । सम्मेलनको तयारीमा सबै मन्त्रालय, सरोकारवाला र विकास साझेदार संस्थाहरु अग्रसर हुनुपर्ने बताए । मन्त्री शाहीले त्यसका लागि सरकार प्रतिवद्ध भएर लागि परेको र कोप २९ को एजेण्डा बनाउँदा नेपाल सरकारले पेरिस सम्झौता कार्यान्वयनलाई लक्ष्य बनाउनु पर्ने बताएका छन् ।

मन्त्री शाहीले सरकारले जलवायु परिवर्तनको जोखिम न्यूनिकरणका लागि आवश्यक नीतिमा थप योगदान दिन पनि सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय र विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन्  ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?