Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

कोप–२९ मा नेपालले अधिकारमुखि अवधारणा प्रस्तुत गर्नेछः मन्त्री शाही


काठमाडाैं । सरकारले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको २९ औं सम्मेलन (कोप–२९) को तयारी सुरु गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत हुने मुद्दाहरु (पोजिसन पेपर) बारे सरोकारवालाहरु सँग छलफल सुरु गरेको हो । उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समिति तथा एनडिसि ३.० तयारी प्राविधिक समितिको संयुक्त बैठकमा राष्ट्रि«य जलवायु योजना निर्माणको समय तालिका र कोप २९ को मुख्य छलफलको विषय बारे जानकारी गराइएको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रि ऐन बहादुर शाहीले जलवायु परिवर्तनले मुलुकमा पुगेको क्षतीको परिपुरणको लागि अधिकारमुखि अवधारणा प्रस्तुत गर्ने गरी सरकार सो सम्मेलनमा प्रस्तुत हुने बताएका छन् । सम्मेलनको तयारीमा सबै मन्त्रालय, सरोकारवाला र विकास साझेदार संस्थाहरु अग्रसर हुनुपर्ने बताए । मन्त्री शाहीले त्यसका लागि सरकार प्रतिवद्ध भएर लागि परेको र कोप २९ को एजेण्डा बनाउँदा नेपाल सरकारले पेरिस सम्झौता कार्यान्वयनलाई लक्ष्य बनाउनु पर्ने बताएका छन् ।

मन्त्री शाहीले सरकारले जलवायु परिवर्तनको जोखिम न्यूनिकरणका लागि आवश्यक नीतिमा थप योगदान दिन पनि सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय र विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन्  ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?