Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

ग्लोवल आइएमई बैंकको ‘ग्लोवल जुनियर’ एप सार्वजनिक


काठमाडाैं ।  ग्लोवल आइएमई बैंकले ‘ग्लोवल जुनियर’ एप सार्वजनिक गरेको छ ।

बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ ।

बैंककाअनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको बैंकले जनाएको छ । साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न एपले महत्तवपूर्ण भुमिका निर्वाह गर्ने बैंकको दाबी छ ।

ग्लोवल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताएका छन्। भौतिक कारोबार कम गर्न पनि एपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

परिवारले नै ह्यान्डल गर्नसक्ने गरी बालबालिकालहरूले भविष्यमा सहज रूपमा कारोबार गर्न सक्ने र बिना सिम एप चलाउन सकिने बताएका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?