Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

मोबाइलको लतले बालबालिकामा आउनसक्छ यस्ता गम्भीर समस्याहरु,छुटाउने कसरी?


काठमाडाैं । आजकाल बालबालिकामा मोबाइलको लत यसरी बसेको छ की उनीहरु मोबाइल या टिभी मा नझुम्मिकन दिन कटाउनै सक्दैनन्। पछिल्लो समय बुवा आमा को व्यस्तता या बालबालिकाले इन्टरनेटबाट केहि सिकुन भन्ने चाहना आदी कारणले धेरै जसो बालबालिकालाइ मोबाइल दिनु सामान्य कुरा भईसकेको छ।

तर यसरी लत बसेपछि मात्रै मोबाइलले विभिन्न नकारात्मक असर देखाएको याद गर्ने बाबुआमा लाइ बालबालिकासंग एकै पटक लत छुटाउन निकै गाह्रो पर्छ। यसकारण बालबालिकालाई मोबाइल भन्दा अन्य कुरामा भुल्याउदा राम्रो हुन्छ । तर मोबाइलको अन्य नसा जस्तो छुटाउनै नसक्ने अवस्थाको भने हुँदैनन् ।

लक्ष्यणहरु :

बालबालिकाको शरीरको विकास जति खेल्ने सक्यो त्यति धेरै हुन्छ तर मोबाइल दिएको बालबालिका एकै ठाँउमा बसेर हेरिरहेको हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् ।

एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोप’नको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि हुन्छ’ ।

बालबालिकाको मानसिक ,शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय हो यो तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ । मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदै जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन ।

जति समयमा बालबालिकाको विकास हुनु पर्ने त्यो मोबाइल लतले एकदमै असर गर्ने गर्दछ  ।

उपायहरु :

तपाईँको बालबालिकामा मोबाइल चलाउने तल बसेको छ भने एकै पटक छुटाउने कोसिस नगर्नुस् ।एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइलको लत छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन् भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ । मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु किनिदिनुस् । चित्रहरु कोर्न दिन पनि सकिन्छ ।

अभिभावकले बालबालिकालाइ प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाईलको तल छुटाउन सकिन्छ ।

कुरा बुझ्न सक्ने बालबा’लिकाको हकमा कुरा गर्ने हो भने मोबाईल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारी मुलक कुराहरु देखाउन सकिन्छ । यस्तै मोवाइल चलाउदा भएका समस्याह’रु उदाहर’णसहित बुझाएर लत हटाउन सकिन्छ ।

विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिका’मा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउँदा हीतकर हुन्छ । आफ्नो बालबा’लिकालाई मोबाइ’लमा लत लागेको बारेमा अभिभावकलाई जानकारी हुन्छ, त्यसकारण बालबालिकालाई मोबाइल भन्दा अन्य कुरामा भुल्याउदा राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा/


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?