काठमाडौं। नेकपा (एमाले) को संसदीय दलले सङ्घीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदै छ । सो दलका सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको
बाजुरा। १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो । त्यस्तै, कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ भने बडीमालिकाले १८ स्वर्ण, १४ रजत
डडेल्धुरा। जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारी दुवै जनाको मृत्यु भएको छ । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६०
काठमाडौं। संगीत उद्योगको सबैभन्दा ठूलो अवार्डमध्ये एक ‘ग्रामी अवार्ड’को ६६औँ संस्करण ‘ग्रामी अवार्ड २०२४’ लसएन्जल्सको कोम एरिनामा आइतबार राती सम्पन्न भएको छ । यसपटक अवार्डमा बिली इलिश, दुआ लीपा, बिली चाइल्ड, कोको जोनस, ओलिविया रोड्रिगो र अन्य कैयौँ स्टार अवार्डबाट सम्मानित भएका छन् । यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन,
काठमाडौं। दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत समेत गरेका छन् । त्यसैगरी, समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो भने सुपर सिक्समा भने भारत
काठमाडौं। सन् २०२६ को विश्वकप फुटबलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गए राति फाइनल खेल न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने घोषणा गरेको हो । उक्त खेल सन् २०२६ को जुलाई १९ मा आयोजना हुनेछ भने सन् २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दै छन् ।
काठमाडौं। आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेर कारोबारमा आएको हो । महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ थियो
काठमाडौं। स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको डि मड्रिडसँग बराबरीमा रोकिएको छ । लिग तालिकामा रियल शीर्ष स्थानमा छ भने एथ्लेटिको चौँथो स्थानमा छ । त्यस्तै, आइतबार राति भएको खेलमा रियल र एथ्लेटिको १-१ गोलको बराबरी खेले । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा २० औं
धनुषा। मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत गरे । सो अवसरमा मन्त्री भण्डारीले भने,’स्थानीय तह
काठमाडौं। आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करको खारेजीको माग गर्दै सांगेतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो । उक्त संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा