Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिकोमा, फाइनल अमेरिकाको न्यु जर्सीमा हुने


काठमाडौं। सन् २०२६ को विश्वकप फुटबलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गए राति फाइनल खेल न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने घोषणा गरेको हो ।

उक्त खेल सन् २०२६ को जुलाई १९ मा आयोजना हुनेछ भने सन् २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दै छन् । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रूपमा रहेका छन् । सो विश्वकपको उद्घाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ भने मेक्सिको सिटीको अज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।

अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो भने सन् २०२६ मा दोस्रो पटक गर्न लागेको हो ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?