Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

स्पेनिस लालिगाः रियल मड्रिड बराबरीमा रोकियो


काठमाडौं। स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको डि मड्रिडसँग बराबरीमा रोकिएको छ । लिग तालिकामा रियल शीर्ष स्थानमा छ भने एथ्लेटिको चौँथो स्थानमा छ ।

त्यस्तै, आइतबार राति भएको खेलमा रियल र एथ्लेटिको १-१ गोलको बराबरी खेले । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा २० औं मिनेटमा ब्रहिम डियाजको गोलले रियलले अग्रता बनाएको थियो, तर निर्धारित समयपछि थप गरिएको समयमा एथ्लेटिकोका मार्कोस लोरेन्टीले बराबरी गोल गरेका थिए ।

रियलले २३ खेलबाट ५८ अंक जोडेको छ भने समान खेलबाट एथ्लेटिकोले ४८ अंक बनाएको छ । त्यस्तै, लालिगामा आइतबारका खेलमा भिल्लारियल र काडिजले गोलरहित बराबरी खेलेका छन् भने ओसासुना सेल्टा भिगोसँग ३-० ले पराजित भएको छ ।

त्यस्तै, अर्को खेलमा बेटिस र गेटाफेले पनि १-१ को बराबरी खेलेका छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?