Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्पेनिस लालिगाः रियल मड्रिड बराबरीमा रोकियो


काठमाडौं। स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको डि मड्रिडसँग बराबरीमा रोकिएको छ । लिग तालिकामा रियल शीर्ष स्थानमा छ भने एथ्लेटिको चौँथो स्थानमा छ ।

त्यस्तै, आइतबार राति भएको खेलमा रियल र एथ्लेटिको १-१ गोलको बराबरी खेले । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा २० औं मिनेटमा ब्रहिम डियाजको गोलले रियलले अग्रता बनाएको थियो, तर निर्धारित समयपछि थप गरिएको समयमा एथ्लेटिकोका मार्कोस लोरेन्टीले बराबरी गोल गरेका थिए ।

रियलले २३ खेलबाट ५८ अंक जोडेको छ भने समान खेलबाट एथ्लेटिकोले ४८ अंक बनाएको छ । त्यस्तै, लालिगामा आइतबारका खेलमा भिल्लारियल र काडिजले गोलरहित बराबरी खेलेका छन् भने ओसासुना सेल्टा भिगोसँग ३-० ले पराजित भएको छ ।

त्यस्तै, अर्को खेलमा बेटिस र गेटाफेले पनि १-१ को बराबरी खेलेका छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?