Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आज देशभरका फिल्म हल बन्द हुने


काठमाडौं। आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करको खारेजीको माग गर्दै सांगेतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

उक्त संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको आरोप लगाएको छ । चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने जनाएको छ ।

क्युएफएक्सले पनि मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गरेको छ । त्यस्तै, संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको भन्दै संघले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग गरेको छ ।

सो संघले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जनाएको छ ।

 


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?