Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

राष्ट्रपति रनिङ शिल्ड बूढीनन्दालाई


बाजुरा। १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो ।

त्यस्तै, कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ भने बडीमालिकाले १८ स्वर्ण, १४ रजत र ६ कास्यसहित ३८ पदक प्राप्त गरेर दोस्रो र खप्तड छेडेदहले आठ स्वर्ण, १४ रजत, चार कास्यसहित २६ पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ ।

त्यसैगरी बूढीगङ्गा नगरपालिकाले सात स्वर्ण, एक रजत र तीन कास्यसहित ११ पदक, स्वामिकात्र्तिक खापर गाउँपालिकाले छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक, त्रिवेणीले दुई स्वर्ण, आठ रजत र छ कास्यसहित १६ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले जानकारी दिएका छन् ।

उक्त प्रतियोगितामा गौमुलले चार स्वर्ण, तीन रजत गरी सात पदक, जगन्नाथले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक र हिमाली गाउँपालिकाले एक कास्य मात्रै हात पारेको छ । सहभागी नौ पालिकामध्ये हिमालीले स्वर्ण र रजत दुवै पदकविहीन बनेको छ । यही माघ १५ देखि उक्त प्रतियोगितामा सुरु भएको थियो भने नौ पालिकाका चार विधाका ६५ खेलमा एक हजार २९ जना खेलाडी सहभागी थिए । उक्त प्रतियोगिताको शुभारम्भ सांसद बद्रीप्रसाद पाण्डेले गरेका थिए ।

सो जितको शिल्ड बूढीनन्दा नगरप्रमुख जनककुमार बोहराले ग्रहण गरेका छन् । उक्त जिल्ला खेलकुद समितिले शिल्ड हस्तान्तरण गरेको थियो । दोस्रो हुने बडीमालिका र तृतीयसहित अनुशासन विधाको पुरस्कार खप्तड छेडेदह गाउँपालिकालाई समेत प्रदान गरिएको छ ।

त्यस्तै, १५औँ राष्ट्रपति रनिङ शिल्ड बूढीगङ्गा नगरपालिकाले आयोजना गर्ने जिम्मा लिएको छ । नगर उपप्रमुख माया कुँवरलाई बूढीनन्दा नगरपालिकाले ओलम्पिक हस्तान्तरण गरेर आयोजनाको जिम्मेवारी दिएको हो । यसअघि खप्तड छेडेदहले पनि बूढीनन्दालाई झण्डा हस्तान्तरण गरेको थियो ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?