Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद


तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद

काठमाडौं । सुनसरी प्रहरीले इनरूवा ३ सखुवागाछी चेक पोष्टबाट २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना ७ ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरूमा चालक धनकुटाका राजु राई र सहचालक संदीप राई रहेको सुनसरी प्रहरीले जनाएको छ ।

गाँजासहित तरकारी लोड गरिएको उक्त ट्रक हिलेबाट इनरूवा सम्म आइपुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिका आधारमा गाँजा तस्करीको जालो नजिक पुग्ने लक्ष्य सहित अनुसन्धानमा जुटेको एसपी मल्लले बताएका छन् । थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?